राजनीति

ओलीको निमन्त्रणामा मोदीले भने : यस वर्ष पक्का आउनेछु

काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्ता दिएका छन्। विराटनगरमा निर्माण गरिएको एकीकृत जाँच चौकी (आइसिपी) को भिडियो कन्फ्रेन्स मार्फत उद्घाटन गर्दै उनले मोदीलाई नेपाल भ्रमणको निम्ता दिएका हुन्। उद्घाटनमा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच थाती रहेका समस्या समाधान गर्ने समय आएको बताए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफु यस वर्ष उपयुक्त समय मिलाएर नेपाल भ्रमणमा आउने बताए। नेपालका नागरिकको मायाँले त्यहाँ आउनको लागि आफुलाई प्रेरित गरेको समेत मोदीले बताए। मोदीले नेपालीहरुलाई शुभकामना दिँदै भने 'फेरि भेट होला नमस्कार।' मोदीले विकासका मोडल नेपाल भारत मित्रता र तिब्र विकासका नमुना भएको बताए। छिमेक पहिलो आफ्नो सरकारको प्राथमिकता भएको बताउँदै उनले क्रस वोर्डर कनेक्टिभिटीलाई बढाउनु यसको काम भएको बताए।
 

 

प्रकाशित: ७ माघ २०७६ ०६:४६ मंगलबार

नरेन्द्र_मोदी केपी_ओली प्रधानमन्त्री भ्रमण