राजनीति

'मेरो ब्याकअपमा कुनै व्यक्ति वा संस्था छैन, संविधान थियो’

काठमाडाैं  - उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएकी छन्। ‘संविधानको धारा ९१ को उपधारा (६)को खण्ड (ख) तथा प्रतिनिधिसभा नियमावली,०७५ को नियम २११ को उपनियम (१)बमोजिम प्रतिनिधिसभाको उपसभामुख पदबाट साेमबार राजीनामा दिएकी हुन्।

आजै बसेको प्रतिनिधि सभा बैठकमा मार्गप्रसस्त गर्ने निष्कर्षमा पुगेको बताएकी थिइन्। उपसभामुखबाट राजीनामा दिएपछि संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलनमा बोल्दै आफूले संविधान अनुसार काम गरेको तुम्बाहाम्फेले दावी गरिन्।

पत्रकारले सोधेको एक प्रश्नमा उनले आफ्नो ब्याकअपमा कोही व्यक्ति र संस्था नभएको पनि उल्लेख गरेकी छन्। उनले भनिन्, ‘मेरो व्याकपमा कुनै व्यक्ति वा संस्था छैन। व्यापकपमा संविधान छ। संस्था वा व्यक्तिभन्दा ठूलो संविधान हो। संस्थालाई जोगाउन राजीनामा दिए। अब मैले ट्«याक च्यान्ज गर्छु। केही नयाँ गर्छु। मैले मेरो कार्यक्षेत्र परिवर्तन गर्दै छु।’तर त्यो बाटो के हो भन्नेबारे उनले केही खुलाइनन् बरू पत्रकारहरूलाई आफैं खोज्न आग्रह गरिन्।

अब संसदको अर्को बैठक दिउँसो ४ बजे बस्नेछ। उक्त बैठकको अध्यक्षता भने जेष्ठ सदस्यले गर्नेछन्। उनको राजीनामापत्र ज्येष्ठताका आधारमा बैठकको अध्यक्षता गर्नेले पढेर सुनाउनेछन्।

प्रकाशित: ६ माघ २०७६ ०८:५३ सोमबार

शिवमाया_तुम्बाहाङ्फे उपसभामुख राजीनामा