राजनीति

‘सभामुख चयन अबिलम्ब गरौं’

फाइल फोटो

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले सभामुख चयनको प्रक्रिया अबिलम्ब अघि बढाउन माग गरेका छन्।

राष्ट्रियसभाको बिहीबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले सभामुख चयनको प्रक्रिया अघि बढ्न नसक्दा राजनैतिक र संबैधानिक प्रश्न उठ्नुको साथै विधायिकाको  मानहानी भएको तत्काल सभामुख चयन प्रक्रिया अघि बढाउन माग गरेका हुन्।

उनले संबैधानिक व्यवस्था र समग्र लोकतान्त्रिक प्रणाली नै नेकपाका शीर्ष नेताको निरंकुशतावादमा पर्दै गएको आरोप लगाए। 

‘यो मुलुकमा सभामुखको निर्वाचन या प्रदेशको नामाकरण संविधानको अक्षर र भावनाको आधारमा हुने वा नियमावलीको स्प्रीडमा हुने कि पार्टीको नाममा एउटा दुईटा शिर्ष नेताहरुको निरंकुशताको बन्दी हुने? उनले प्रश्न गर्दै भने,‘यो निकै गम्भीर राजनैतिक र संवैधानिक प्रश्न तेर्सिएको छ।’

उनले संविधान, संंघीय संसद र प्रदेशसभा नियमावलिले देशमा प्रधानमन्त्रीको निर्वाचन, मन्त्रीपरिषद् गठन, प्रदेशसभाको राजधानी र प्रदेशको नामाकरण कसरी हुने भन्ने स्पष्ट रुपमा परिभाषित गरेको भन्दै संविधान र लोकतान्त्रिक प्रणालीलाई आत्मसाथ गर्न सरकारलाई सचेत गराए।

प्रकाशित: २४ पुस २०७६ ०८:३९ बिहीबार

कांग्रेस सभामुख