राजनीति

लहानको सडक डिभिजन कार्यालयमा अख्तियारको छापा, तीन पक्राउ

लहान- लहानस्थित सडक डिभिजन कार्यालयमा अख्तियारले छापा मारेर तीन जना इन्जिनियरलाई पक्राउ गरेको छ। उनीहरुलाई १८ लाख ९६ रूपैयाँसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग वर्दिवासले जनाएको छ।

पक्राउ पर्नेमा डिइ (डिभिजनल इन्जिनियर) बिनोद साह, इन्जिनियरहरू नवीन साह र बिरेन्द्र साह रहेका छन्। सडक डिभिजन कर्यालय परिसरभित्र रहेको सरकारी निवासबाट तिनैजनालाई पक्राउ गरिएको आयोगले जनाएको छ।

 

प्रकाशित: १८ पुस २०७६ १४:२४ शुक्रबार

लहान सडक_डिभिजन_कार्यालय अख्तियार