राजनीति

एमसीसी चीन, रुस र उत्तर कोरियाविरुद्ध छः वरिष्ठ नेता नेपाल

मकवानपुर– पुर्वप्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) परियोजना ईन्डो प्यासिफिककै अंग भएकाले नेपालले स्वीकार नगर्ने दाबी गरेका छन्।

नेकपा हेटौंडा उपमहानगरपालिका कमिटीलाई मंगलबार सपथ खुवाएपछि उनले अमेरिकाले आफु बलियो बन्न ल्याएको रणनीति छिमेकी चीन, रुस र उत्तर कोरियाविरुद्ध रहेकाले नेपाल आवद्ध नहुने खुलासा गरे।

‘हामी एउटाको विरुद्धमा अर्कोको पक्षमा लाग्न सक्दैनौ’ उनले भने, ‘यत्ति भन्नासाथ एमसीसीको समाधान के हुन सक्छ भने ईन्डो प्यासिफिक रणनीतिसँग एमसीसी जोडिएकाले नेपाल बाहिरै बस्नुपर्छ।’

ईन्डो–प्यासिफिक रणनीति रुस, चिन र उत्तर कोरियाविरुद्ध रहेको तर्क गर्दै उनले रणनीतिले तीन देशलाई दुष्ट राष्ट्र भनी पराजित गर्दै अमेरिकालाई शक्तिशाली बनाउन सबै देशलाई एमसीसीमा आवद्ध गराउने तयारी भईरहेको पनि बताए।

‘हामी(नेपाल) कसैको विरुद्धको कुनै गठबन्धनमा सामेल हुँदैनौ’ उनले थपे, ‘यदी एमसीसी यी सबैबाट अलग भएर आर्थिक विकासका निम्ती मात्र भईदिए हामीलाई स्वीकार छ।’

सरकारलाई फकाउनका लागि सहयोग रकम दिन खोजिएको भन्दै उनले नेपाल पैसामा लठ्ठिएर कसैको सहयोग लिन तयार नभएको जिकिर गरे।

प्रकाशित: १५ पुस २०७६ १४:०१ मंगलबार

माधवकुमार_नेपाल एमसीसी