राजनीति

समाजवादी पार्टी सरकारबाट बाहिरिने

फाइल तस्बिर

काठमाडौं - समाजवादी पार्टी सरकारबाट बाहिरिने भएको छ। पार्टीको तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा कानुन मन्त्री उपेन्द्र यादवले आजै(मंगलबार) राजिनामा दिने उनका प्रेस सल्लाहकार महेश चौरसियाले जानकारी दिए।

पछिल्लो पटक मन्त्रिमण्डल पुनर्गठन हुँदा समाजवादीसँग छलफल नै नगरी यादवको जिम्मेवारी हेरफेर भएपछि समाजवादीमा सरकारबाट बाहिरिनु पर्ने आवाज उठेको थियो। साथै संविधान संशोधनमा पनि सरकार सकारात्मक नभएकाे भन्दै समाजवादीले सरकार छोड्ने निर्णय गरेकाे हाे।

प्रकाशित: ८ पुस २०७६ ०७:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App