राजनीति

सीमा विवादः प्रधानमन्त्री स्तरमा वार्ता गर्न सिपी गजुरेलको माग

काठमाडौं- मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले भारतसँगको सीमा समस्या समाधानका लागि तत्काल प्रधानमन्त्री स्तरमा वार्ता गर्न सरकारसँग माग गरेको छ। नेकपा (क्रान्तिकारी माओवादी)का वरिष्ठ नेता सिपी गजुरेलले भारतसँगको सीमा समस्या समाधानका लागि तत्काल प्रधानमन्त्री स्तरमा वार्ता गर्न सरकारसँग माग गरेका हुन्।

सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्रीस्तरमा हुने वार्ताबाट पनि समाधान नभए सो विवादलाई अन्तराष्ट्रियकरण गर्नुपर्ने धारणा पनि राखे। नेता गजुरेलले भारतसँगको सीमा समस्या समाधानका लागि देशभित्रै जनआन्दोलनको आँधिबेहरी पनि सृजना गर्नुपर्ने आवश्यक्ता औंल्याए।

वरिष्ठ नेता गजुरेलले भारतसँग सचिव स्तरमा, परराष्ट्र मन्त्री स्तरमा वार्ता गरेर सो समस्या समाधान हुने आधार नभएको पनि पटक पटक दोहो-याए।

प्रकाशित: २५ कार्तिक २०७६ १३:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App