राजनीति

एनआरएनएको मतदान १० बजेदेखि

फाइल तस्बिर

काठमाडौं - विद्युतीय भोटिङ मेसिनमा समस्या आएपछि स्थगित भएको एनआरएनए निर्वाचन तेस्रो दिनबाट फेरि सुरु हुने भएको छ। बिहीबार बिहान(आज) १० बजेबाट मतदान सुरु हुने भएको हो।

शुक्रबार साँझ शुरु भएको निर्वाचनमा ४० मत खसेपछि विधुतीय मतदान गर्ने भोटिड मेसिनमा प्राविधिक समस्या आएपछि निर्वाचन स्थगित भएको थियो।

निर्वाचन आयुक्त शिव रिजालले दिएको जानकारी अनुसार आज विद्युतीय मतदान भने हुने छैन।म्यानुयल मतदान प्रक्रिया अपरान्ह ४ बजेसम्म चल्नेछ। मतदान सकिए लगत्तै मतगणना गरिने छ। निर्वाचनमा २ हजार ६ सय १३ मतदाता रहेका छन्।

प्रकाशित: ३० आश्विन २०७६ ०४:२४ बिहीबार

एनआरएनए मतदान