राजनीति

नेकपाको सचिवालय बैठक जारी

काठमाडाैँ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरू भएको छ।

पार्टीको आन्तरिक एकता र सरकारको कामलाई लिएर तीव्र असन्तुष्टि भइरहेका बेला नेकपाको बैठक बसेको हो। त्यस्तै बैठकमा सीको भ्रमणबारे समिक्षाबारे छलफल हुने नेकपाको सचिवायलले जनाएको छ।

त्यसैगरी बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था बारे पनि छलफल हुने बताइएको छ। त्यस्तै पार्टी एकताको बाँकि कामबारे पनि छलफल हुने बताइएको छ।

त्यस्तै आजै नेकपाको चियापान कार्यक्रम पनि रहेको छ। स्रोतका अनुसार बैठकमा उपनिर्वाचनको बारेमा पनि छलफल हुनेछ।
 

प्रकाशित: २९ आश्विन २०७६ ०३:३७ बुधबार

नेपाल_कम्युनिस्ट_पार्टी सचिवालय_बैठक