राजनीति

सभामुख महरालाई राजीनामा दिन प्रधानमन्त्रीको सुझाव

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख कृष्णबहादुर महरामाथि आफ्नै कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि राजीनामा गर्न सुझाव दिएका छन्।

उनले यस्तो गम्भीर आरोप लागेपछि पदमा बसिरहन उपयुक्त नभएकाले राजीनामा गर्न सुझाव दिएको बालुवाटार निकट स्रोतले जानकारी दिएको छ।

आज विहानै प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव कुमार नेपाल र महासचिव विष्णु पौडेलबीच छलफल भएको थियो। त्यसअघि साभमुख महरा र प्रधानमन्त्री तथा नेकपा अध्यक्ष दाहाल र महराबीच छुट्टा छुट्टै छलफल भएको थियो। 

उनलाई नेकपाका शीर्ष नेताहरुले गम्भीर आरोप लागिसकेपछि सभामुख महराले नै राजीनामा दिएर अनुसन्धानमा सघाउनुपर्ने संकेत गरेका छन्।

प्रकाशित: १४ आश्विन २०७६ ०५:३९ मंगलबार

सभामुख कृष्णबहादुर_महरा यौन_दुर्व्यवहार प्रधानमन्त्री राजीनामा