राजनीति

नेकपाको सचिवालय बैठक सकियो

फाइल फोटाे

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको  सचिवालय बैठकले निर्वाचन आयोगमा  दल दर्ता निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले स्थानीय निकाय, प्रदेश र संघमा रिक्त स्थानमा हुने निर्वाचनको लागि दल दर्ता गराउने निर्णय गरेको हो।

निर्वाचन आयोगमा दर्ता भएको दलहरुको रेकर्डमा नेपाल कम्युनिष्ट पार्टी भन्ने दल नरहेकोले दल दर्ता गराउनु पर्ने भएको छ। नेपाल कम्युनिष्ट पार्टी कोष्ठभित्र नेकपा लेखिने गरि निर्वाचन आयोगमा दर्ता भए पनि यो दलले निर्वाचनमा भाग लिएको छैन्। तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भइ नयाँ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेपछि दल दर्ता गराउनु परेको हो। बैठकले दल दर्ता सम्बन्धि सम्पूर्ण काम गर्न महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिएको बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। निवाचन आयोगले उपनिर्वाचनको लागि नयाँ दलहरुको लागि भदौ मसान्तको समय तोक्दै सूचना प्रकाशित गरि सकेको छ।

यस्तै बैठकमा पार्टी एकताका बाँकी काम अगाडि बढाउने विषयमा सामान्य छलफल भएपनि कुनै निर्णय नगरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली सिंगापुरमा उपचार गराएर फर्केपछि पहिलो पटक सचिवालयको बैठक बसेको हो।

प्रकाशित: २५ भाद्र २०७६ १३:०९ बुधबार

नेकपा सचिवालय_बैठक