राजनीति

नेकपा सचिवालय बैठक बालुवाटारमा बस्दै

फाइल तस्बिर

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक शुक्रबार बिहान बस्ने भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार चेतन अधिकारीका अनुसार सचिवालय बैठक बिहान ११ बजे बालुवाटारमा बस्ने भएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि बिहीबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको थियो।

प्रकाशित: ३१ श्रावण २०७६ ०४:१८ शुक्रबार

नेकपा केपी_शर्मा_ओली सचिवालय_बैठक