राजनीति

विप्लव समूहका तीन नेता काठमाडौंबाट पक्राउ

काठमाडौं- प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका तीन नेतालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाले आज मैतिदेवीबाट उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा चन्द समूहका केन्द्रीय सदस्य उमा गुरुङ, डम्बर बिक र मानध्वज गुरुङ रहेका छन्।

उनीहरुलाई हिरासतमा लिएर अनुसन्धान थालिएको प्रहरीले बताएको छ।

प्रकाशित: २१ श्रावण २०७६ ०८:४९ मंगलबार

विप्लव पक्राउ