राजनीति

नेकपाको बैठक सकियोः श्रेष्ठ भन्छन्–'स्कूल विभागमा मात्रै विवाद भन्न मिल्दैन'

बैठकमा सहभागी नेकपाका सचिवालय सदस्यहरू । तस्बिर साैजन्यः प्रचण्डकाे सचिवालय

काठमाडौं– सत्तारुढ दल नेकपा कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ। बाँकी रहेको पार्टी एकता प्रक्रियाबारे छलफल गर्न सोमबार दिउँसो बसेको बैठक बिना निष्कर्ष टुंगिएको छ।

राष्ट्रिय परिषद्, जेष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय जनवर्गीय संगठन, विभागबारे छलफल गर्न साउन २८ गतेसम्मको लागि बैठक स्थगित गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। 

‘कुन विभागमा कसले नेतृत्व गर्ने भन्ने नेकपाको सचिवालयले टुंग्याएको छैन्’ प्रवक्ता श्रेष्ठले भने ‘कुन नेताको कुन विभागमा रुचि, प्राथमिकताबारे सोधेर सल्लाह गर्नेछौं। उनले भने व्यवस्थित र परिमार्जित प्रस्ताव ल्याउने गरी आजको सचिवालय बैठक साउन २८ गते दिउँसो ३ बजेसम्मको लागि स्थगित गरेका छौं।’

स्कूल विभागमा किन धेरै विवाद भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा श्रेष्ठले भने ‘हाम्रो सचिवालयले अहिलेसम्म कुनै विभागको नेतृत्वबारे निर्णय नगरेको भन्दै स्कूल विभागमा मात्रै विवाद भन्न नमिल्ने बताए। 

नेकपाको स्कूल विभागमा नारायणकाजी श्रेष्ठ, इश्वर पोखरेलले दाबी गरेका छन् । पछिल्लो समय घनश्याम भुसाल पनि स्कूल विभाग आफुले पाउनुपर्ने दाबी गर्दै आएका छन्।

प्रकाशित: १३ श्रावण २०७६ ११:३६ सोमबार

नेकपा सचिवालय_बैठक