राजनीति

विप्लव समूहसँग औपचारिक वार्ता गर्ने सरकारकाे संकेत !

काठमाडौं–सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेत्रविक्रम चन्द विप्लव समूहसँग औपचारिक वार्ता गर्ने संकेत गरेका छन्। बुधबार मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै बाँस्कोटाले प्रतिबन्धित विप्लव समूहसँग वार्ता गर्ने संकेत गरेका हुन्।

‘२०७५ भदौ ८ गते सोमप्रसाद पाण्डे नेतृत्वको वार्ता टोलीले विप्लवसँग वार्ता गर्ने प्रतिवेदन बुझाएको थियो’ मन्त्री बाँस्कोटाले भने ‘अहिले उक्त प्रतिवेदन गृह मन्त्रालयमा पठाइएको छ।’ सोहि प्रतिवेदनमा स्वतन्त्र मदेशको माग गर्ने सिके राउतसँग भने वार्ता गर्न नपर्ने उल्लेख थियो। राउत केहि समय अघिदेखि मुलधारको राजनीतिमा आएका थिए।

विप्लव समूहसँग अहिलेसम्म सरकारले औपचारिक वार्ता नगरे पनि विभिन्न चरणमा अनौपचारिक वार्ता भएको बताइएको छ।

प्रकाशित: ९ श्रावण २०७६ ११:०६ बिहीबार

सरकार विपलव_समूह वार्ता