राजनीति

'तोकिएको जिम्मेवारी कसैको बिर्ता होइन'

काठमाडौं- नेकपाका नेता योगेश भट्टराईले पार्टीमा कसैलाई स्थायी जिम्मेवारी दिन नहुने बताएका छन्। नेकपामा कार्यविभाजनमा किचलो भइरहँदा युवा नेता भट्टराईले फेसवुकमा लेखेका छन्, ' कुनै पनि ब्यक्तिलाई स्थायी रुपमा कुनै जिम्मेवरी नदिऊ। हरेक एक बर्षमा सबैको जिम्मेवारी हेरफेर गरौं।'

नेकपामा कार्यबिभाजन र जिम्मेवारी बाँडफाडका बारेमा बहस भाईरहेको समय उनले पाँचवटा बुँदामा नेतृत्वको ध्यानाकर्षण गराएका हुन्।

 कुनै पनि ब्यक्तिलाई उसको योग्यता, क्षमता र रुचीका आधारमा जिम्मेवारी दिन उने सुझाएका छन्। पार्टीमा भूगोल, बिभाग र फांट गरी कामका तीन क्षेत्र भएको र रोटेसनका आधारमा एउटा ब्यक्तिलाई तीन वटै क्षेत्रमा काम गर्ने अबसर दिनु पर्ने उनको भनाई छ।
 प्रत्येक ब्यक्तिको कार्य मुल्याङ्कनलाई बैज्ञानीक प्रणालीका आधारमा पारदर्शी बनाऊन पर्ने भन्दै हरेक बर्ष ब्यक्तिको मूल्याङ्कन प्रतिबेदन सार्वजनिक गर्नु पर्ने भट्टराईको दावी छ। त्यसकै आधारमा पुरस्कृत र दन्डित गर्ने पारीपाटी बसाल्न पर्ने उनको मान्यता रहेको छ।
'कुनै पनि ब्यक्तिलाई तोकिएको जिम्मेवारी उसलाई बिर्ताका रुपमा दिएको होईन भन्ने कुरा बुझौ र बुझाऔ', उनले भनेका छन्।

प्रकाशित: ८ श्रावण २०७६ ०७:०१ बुधबार

नेकपा जिम्मेवारी बाँडफाँड पद