राजनीति

भीमबहादुर तामाङ स्मृति प्रतिष्ठानको नेतृत्व लामालाई

दोलखा– आदर्श पुरुष स्वर्गीय भीमबहादुर तामाङको सम्झनामा नेपाली कांग्रेस केन्द्रले गठन गरेको भीमबहादुर तामाङ स्मृति प्रतिष्ठानको निमित्त अध्यक्षको जिम्मेवारी बर्मा लामाले पाएका छन्। शुक्रबार प्रतिष्ठानका संस्थापक अध्यक्ष कांग्रेस महामन्त्री शशांक कोइरालाले आफुले कार्य व्यस्तताका कारण प्रतिष्ठानमा समय दिन नसकेको भन्दै प्रतिष्ठानको नियमित कार्य सञ्चालन गर्नका लागि भन्दै दोलखाका कांग्रेस नेता बर्मा लामालाई शुक्रबार प्रतिष्ठानको नेतृत्व सुम्पेका हुन्।

राजनीतिमा स्वच्छ र आदर्श छवि बनाएका दोलखा झुलेका तामाङको ७ वर्ष अघि निधन भएपछि उनको सम्झनामा तत्कालिन पार्टी सभापति स्वर्गिय सुशिल कोईरालाले शशांकको अध्यक्षतामा प्रतिष्ठान गठन गरेका थिए। हालका राष्ट्रियसभा सांसद राधेश्याम अधिकारीको बानेश्वरस्थित निवासमा बस्दै आएका तामाङको २०६९ मंसिर १६ गते हृद्धयघातका कारण निधन भएका थियो।

तत्कालीन पार्टी केन्द्रले शशांकको नेतृत्वमा समिति बनाए पनि निष्क्रिय प्राय रहँदै आएको थियो। प्रतिष्ठानको नेतृत्वको जिम्मा पाएपछि लामाले प्रतिष्ठानलाई भीमबहादुर तामाङको आदर्श र गान्धिवादी बिचारलाई वर्तमान राजनिति संग जोड्ने गरी सक्रिय पुर्वक काम गर्ने प्रतिक्रिया दिए।

प्रकाशित: २७ असार २०७६ १०:३८ शुक्रबार

नेपाली_कांग्रेस भीमबहादुर_तामाङ_स्मृति_प्रतिष्ठान नेतृत्व