राजनीति

कस्तुरीको बिनासहित प्रहरी हवल्दार पक्राउ

काठमाडौं– प्रतिबन्धित कस्तुरीको बिनाको कारोबार गरेको आरोपमा प्रहरी हवल्दार बमबहादुर चन्द पक्राउ परेका छन्।

नेपाल प्रहरीको सुरक्षा महाशाखामा कार्यरत हवल्दार चन्दलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीको टोलीले कस्तुरीको बिनासहित पक्राउ गरेको हो। प्रहरी हवल्दार चन्द सुकेधाराको डाँफे रेष्टुरेण्टबाट आइतबार साँझ पक्राउ परेका हुन्। उनको साथबाट प्रहरीले हतियार पनि बरामद गरेको छ। महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी शैलेश थापाले चन्दलाई नियन्त्रणमा लिएको पुष्टि गरे। चन्द पूर्वमन्त्री दिनानाथ शर्माका अंगरक्षक हुन्।

प्रकाशित: २२ असार २०७६ १५:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App