राजनीति

‘वायुसेवा निगमलाई एक पैसा पनि दिन सकिँदैन’

वायुसेवा निगमकाे वार्षिकाेत्सवमा सम्बाेधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिरः नागरिक

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल वायुसेवा निगमलाई यथास्थितिमा एक पैसा पनि दिन नसकिने बताएका छन्। उनले ३७ अर्ब घाटामा रहेको नेपाल वायुसेवा निगमको व्यवस्थापनमाथि सरकारको विश्वासनै नरहेको पनि स्पष्ट पारे।

निगमको ६१ औं वार्षिकोत्सवको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले तत्काल नेपाल वायुसेवा निगमको समग्र कामकारबाहीमा सुधार नभए सरकार त्यसको सञ्चालनका लागि रणनीतिक साझेदार खोज्न बाध्य हुने पनि स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले वाइडबडी विमान चलाउनका लागि गन्तव्यको खोजी गर्न नसकेकोमा पनि आपत्ति प्रकट गरे। उनले सरकार निगमको साथमा रहेको तर, निगमले विमान सञ्चालन गर्न नसकेकोमा आक्रोश व्यक्त गरे।

प्रधानमन्त्री ओलीले आफूले निगमको विमान उडान भर्नका लागि युरोपियन मुलुकहरूसँग पनि कुरा गरेको उल्लेख गर्दै भएको विमानहरूलाई चुस्त राख्न सचेत गराए। आकासमा हुनुपर्ने विमानले एयरपोर्ट मात्रै ओगट्ने गरेको भन्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि पोखे। उनले विमान सञ्चालनको स्पष्ट योजनाका साथ काम गर्न पनि निगम व्यवस्थापनलाई सचेत गराए।

प्रधानमन्त्री ओलीले निगमलाई आवश्यक बजेट दिन सकिने तर, त्यसका लागि व्यवस्थापनमा सुधार हुनुपर्ने स्पष्ट पारे।

प्रकाशित: १६ असार २०७६ ०६:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App