राजनीति

विप्लव समूहका चार नेता पक्राउ

रुकुम – रुकुम (पश्चिम)का विभिन्न ठाउँबाट विप्लव समूहका चार नेता पक्राउ परेका छन्। गाउँघरमा लुकीछिपी चन्दा माग गरिहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी डिएसपी सुमीत खड्काले जानकारी दिए।

पक्राउ पर्नेहरूमा विप्लव समूहका त्रिवेणी गाउँपालिका सेक्रेटरी ४७ वर्षीय छबिलाल घर्ती, युवा संगठन नेपालका जिल्ला उपाध्यक्ष २२ वर्षीय विवेक विक, जिल्ला सदस्य ३१ वर्षीय दीर्घराज गहतराज र राप्ती व्यूरो सदस्य गोर्खे कामीलाई पक्राउ गरिएको उनको भनाइ छ।

उनीहरुलाई त्रिवेणी गाउँपालिका–१, सिन्तुवाङबाट सोमबार राति पक्राउ गरिएको डिएसपी खड्काले बताए।

प्रकाशित: १० असार २०७६ ०८:५० मंगलबार

चन्दा पक्राउ विप्लव_समूह