राजनीति

गल्ती सुधारेर अघि बढ्न सरकारलाई सुझाव

फाइल तस्बिर

काठमाडौं  – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले गल्ती कमजोरी भए सुधार गर्दै अघि बढ्न सरकारलाई सुझाव दिएका छन्। नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सोमबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्।

उनले दुईतिहाइ बहुमत पाएको कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले मजदुरहरूको पक्षमा दृढतापूर्वक काम गर्नुपर्ने पनि स्पष्ट पारे। नेता नेपालले यातायात क्षेत्रको उचित व्यवस्थापन गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए। उनले यात्राका लागि ट्राफिक नियमको पालना गराउने काममा पनि विशेष ध्यान दिन सरकारसँग आग्रह गरे।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले यातायात मजदुरहरूलाई पनि यात्रुहरुको सुरक्षामा विशेष सर्तकता अपनाउन पनि सचेत गराए।

प्रकाशित: ९ असार २०७६ ०८:०२ सोमबार

नेकपा सरकार माधवकुमार_नेपाल सुझाव