राजनीति

विप्लव समूहका पूर्वमन्त्री राई नेकपा प्रवेश गर्दै

भोजपुर -  प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पोलिटव्यूरो सदस्य पूर्वमन्त्री पदम राईसहितका केही नेताहरु सत्तारुढ दल नेकपामा प्रवेश गर्न लागेका छन्।

भोजपुरको बोया घर भएका राई जनयुद्धकाल अघिदेखि नै माओवादीमा संगठितभएर लागेको बेला सरकारले प्रतिबन्ध लगाएपछि राईसहितका नेता कार्यकर्तालाई आइतबार त्तारुढ दल नेकपामा प्रवेश गर्न लागेका हुन्। नेकपा सचिवालयका अनुसार अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले उनीहरुलाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ। राई पहिलो संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष चुनाव जितेर उनी भौतिक योजना तथा निर्माण राज्यमन्त्रीसमेत बनेका थिए ।

एकीकृत नेकपा माओवादी विभाजन भएपछि उनी मोहन वैद्य नेतृत्वको तत्कालीन नेकपा माओवादीमा लागेका थिए । वैद्यको पार्टी पनि फुटेपछि उनी विप्लव समूहमा लागेका थिए । राई विप्लव समूहका जनसरकार उपप्रमुखको जिम्मेवारीमा समेत थिए । गत निर्वाचनमा हाल प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई बम प्रहार गरेको आरोपमा प्रहरीले पक्राउसमेत गरेको थियो । तर, अदालतको आदेशमा उनी रिहा भए ।

 

प्रकाशित: १९ जेष्ठ २०७६ ०३:१९ आइतबार

नेत्रविक्रम विप्लव पदम_राई