राजनीति

संघीयता वास्तविकता हो, पछाडि फर्किन सकिँदैनः देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक सङ्घीयतामा गइसकेकाले अब पछाडि फर्कन नसक्ने बताएका छन्। उनले सङ्घीयता नेपालका लागि नौलो प्रयोग भएको र यसलाई कसरी सफल बनाउने, कसरी प्रदेशअन्तर्गतका जनताको भावनाअनुसार अघि बढ्ने भन्ने विषयमा छलफल गर्ने बेला आएको बताए।

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गणतन्त्र दिवसका अवसरमा आज आयोजना गरेको ‘सङ्घीयता कार्यान्वयनका चुनौती’ विषयक विशेष अन्तक्र्रियामा सभापति देउवाले भने ‘सिंहदरबारबाट मात्र सिङ्गो मुलुकको सर्वाङ्गीर्ण विकास हुन सक्दैन, सम्पूर्ण देशलाई न्याय हुन सक्दैन भनेर सङ्घीयता आएको हो। सङ्घीयताको महत्वपूर्ण कार्य भनेको सिंहदरबारको अधिकार प्रदेश र स्थानीय तहमा लैजानु नै हो।’

सङ्घीयता स्थापनाको उद्देश्य परिपूर्ति गर्न स्थानीय जनताका माग सुनुवाइका निम्ति उनीहरुकै प्रत्यक्ष सहभागिताबाट बन्ने सरकारले नै विकास र अधिकार सुनिश्चित गर्ने सक्ने धारणा व्यक्त गर्दै उनले भने ‘त्यसका लागि सिंहदरबारको अधिकार प्रदेश र स्थानीय तहमा गएको हो। सङ्घीयता सफलताका लागि प्रदेशबीच एकापसमा अन्तरनिर्भरता र सहयोग पनि आवश्यक हुने उनको भनाइ थियो। रासस

प्रकाशित: १६ जेष्ठ २०७६ १३:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App