राजनीति

विष्णु पौडेलविरुद्ध बुटवलमा पर्चा बाँडियो

रुपन्देही- नेकपा महासचिव विष्णु पौडेलबिरुद्ध नेपाली काँग्रेसले बुटवलमा पर्चा बाँडेको छ। बुटवलमा अन्तर्राष्ट्रिय प्रर्दशनी केन्द्रको शिलान्यास गर्न आएका पौडेल विरुद्ध कार्यक्रम स्थलमै पर्चा बाँडिएको हो। वालुवाटारको जग्गा प्रकरणमा मुछिएका पौडेल पर्खामा लेखिएको छ।

नेपाली कांग्रेस नगर सभापति खेलराज पाण्डेको नेतृत्वमा कार्यक्रम स्थल र गेट बाहिर करिव ३ सय पर्चा बाडिका थिए। तर, नेकपाका कार्यकर्ताहरुले पर्चा जफत गरेर च्यातेर नालीमा फाले। अतिथिका रुपमा बुटवल मण्डप पुगेका सभापति पाण्डेले नै पर्चा फालेका हुन्। पाण्डेमाथि धरपकड समेत भएको थियो।

नेकपाका कार्यकर्ता र पर्चा फालेका नेपाली कांग्रेसका कार्यकर्ताबीच केहि बेर धकेलाधेल भएको थियो। पर्चामा मौका आउँछ पर्खदैन, वालुवाटार अब फर्कदैन कस्तालाई भोट हालिएछ, म पनि भ्रष्टचार गर्दिन, भ्रष्टाचारीको मुख पनि हेर्दिन भन्ने लेखिएको छ। सभापति पाण्डेले प्रदर्शनी स्थल बनाउने बिषयमा आफूहरुको विरोध नभई वालुवाटारको जग्गा प्रकरणमा मुछिएका नेतालाई ल्याएर शिलान्यास गराएको विरोध रहेको बताए।

विरोध स्वरुप नै पर्चा फालिएको हो सभापति पाण्डेले भने। नेकपाले भने नियोजित रुपमा काँग्रेसको जिम्मेवार नेताले महासचिव पौडेलका विरुद्ध भ्रम फैलाउन खोजेको बताएका छन्।

प्रकाशित: १३ जेष्ठ २०७६ ०९:४२ सोमबार

विष्णु_पौडेल बुटवल पर्चा ललिता_निवास