राजनीति

अध्यक्ष दाहालले दिए मोदीलाई बधाई

फाइल फोटो

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले भारतका प्राधनमन्त्री नरेन्द्र मोदी लोकसभा निर्वाचन–२०१९ मा भारी मतका साथ विजयी भएकोमा बधाई दिएका छन्।

नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री दाहालले लोकसभा निर्वाचनमा प्रधानमन्त्री मोदी र उनको दल भारतीय जनता पार्टीले भारी मत प्राप्त गरेकोमा शुभकामना व्यक्त गरेका हुन्।

भारतीय लोकसभा निर्वाचनको आज मतगणना भइरहेको छ। कूल ५४२ संसदीय क्षेत्रमा मोदीको दल भारतीय जनता पार्टी र उसका सहयोगी दलको राष्ट्रिय गठबन्धनले स्पष्ट बहुमत हासिल गर्ने देखिएको छ।

प्रकाशित: ९ जेष्ठ २०७६ १२:३९ बिहीबार

नेकपा पुष्पकमल_दाहाल भाजपा नरेन्द्र_माेदी