राजनीति

अन्धो भएर पार्टी एकता गरेका होइनौंः प्रचण्ड

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल 'प्रचण्ड'ले प्राप्त उपलब्धीलाई सम्मान गर्दै युग सुहाउँदो विचार अघि सार्नु पर्ने बताएका छन्। मदन आश्रित स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले विगतका उपलब्धिलाई संस्थागत गर्दै नयाँ ढंगले पार्टी एकता गरेको बताए। उनले भने, 'विचारलाई दम्भका रुपमा लिएको भए एकता हुने नै थिएन। हामीले अन्धो भएर पार्टी एकता गरेका होइनौं। हामी नयाँ प्रक्रियामा जाँदैछौं।' जनताको बहुदलिय जनवादलाई पनि बैज्ञानिक समाजवादतर्फ लैजानुपर्ने उनले बताए।

 

 

प्रकाशित: ३ जेष्ठ २०७६ ०३:४९ शुक्रबार

नेकपा पुष्प_कमल_दाहाल मदन_आश्रित_स्मृति_दिवस