राजनीति

प्रधानमन्त्री निवास विस्तार गर्ने निर्णय मेरो हो, म नै जिम्मा लिन्छु : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडाैं - नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल बालुलाटार जग्गा प्रकरणबारे बोलेका छन्।

प्रकरणले ठूलै रुप लिएपछि उनले प्रधानमन्त्री कार्यालय विस्तार गर्ने निर्णय आफ्नो भएको भन्दै यसको जिम्मा आफूले लिने बताएका छन्। यस प्रकरणमा वरिष्ठ नेता नेपाल पनि मुछिएको भन्दै पछिल्लो समय उनीमाथि पनि अनुसन्धान हुनुपर्ने माग उठ्दै आएको थियो।

उनी प्रधानमन्त्री भएको बेला ३१ वैशाख २०६७ मा मन्त्रिपरिषद्ले गरेको निर्णयले डिल्लीबजार मालपोतले गरेको निर्णयलाई वैधानिकता दिएको भन्दै शारदाप्रसाद त्रितालको अध्यक्षमा गठित समितिले उक्त निर्णय खारेजीका लागि सिफारिस गरेको थियो।

सोमबार अमेरिका प्रस्थान गर्नुअघि प्रत्रकारहरुको प्रश्नको उत्तर दिँदै नेता नेपालले भने, ‘प्रधानमन्त्री निवास विस्तार गर्ने निर्णय मेरो हो, यसको जिम्मा मै लिन्छु।’ साथै उनले उक्त विवादमा फसेका नेकपा महासचिव विष्णु पौडेलको जग्गा प्रकरणमा कुनै भूमिका नभएको पनि बताएका थिए।

साथै उनले जग्गाबारे भएका छानबिन र त्यसले देखाएका दोषीमाथि पनि कारबाहीको माग गरे।

प्रकाशित: १६ वैशाख २०७६ १५:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App