राजनीति

भूटानका पूर्वप्रधानमन्त्री नेपालमा

काठमाडौं – भूटानका पूर्वप्रधानमन्त्री छिरिङ तोब्गे काठमाडौं आइपुगेका छन् । उनी हिन्दुकुश हिमालय क्षेत्रका बारेमा अध्ययन गर्नका लागि काठमाडौ आइपुगेका हुन् ।

‘म हिन्दुकुश हिमालय क्षेत्र र हिम नदीका बारेमा जानकारी प्राप्त गर्न इसिमोड, काठमाडौं आइपुगेको छु,’ इसिमोडका महानिर्देशक डेभिड मोल्डेन लगायतसँगको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै उनले भनेका छन् ।

उनले मोल्डेन र उनको टोलिमा रहेका विज्ञ र वैज्ञानिकको टोलीले आफूलाई ज्ञान प्रदान गरेको भन्दै धन्यवाद दिएका छन् । ‘अब म हाम्रो क्षेत्रमा जलवायु परिवर्तको गम्भीर खतराप्रति चिन्तित बनेको छु,’ उनले सामाजिक सञ्चाल फेसबुकमा स्टाटस राख्दै भनेका छन् ।

प्रकाशित: २२ चैत्र २०७५ ०२:५२ शुक्रबार

पूर्वप्रधानमन्त्री छिरिङ_तोब्गे हिन्दुकुश_हिमालय