राजनीति

टीकापुर घटना : सांसद रेशम चौधरीसहित ११ लाई जन्मकैद

कैलाली- कैलाली जिल्ला अदालतले टीकापुर घटनामा सांसद रेशम चौधरीसहित ११ जनालाई दोषी देखाउँदै जन्मकैद फैसला सुनाएको छ।

टीकापुर २०७२ भदौ ७ गते प्रहरीका एक एसएसपीसहित ९ जनाको हत्या भएको थियो। जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले यस्तो फैसला गरेको हो। 

सोही घटनामा १२ जनालाई तीन वर्षको कैद सजाय अदालतले सुनाएको छ। लक्ष्मण थारुसहित ११ जनाले तीन वर्ष कैद भुक्तान गरिसकेकोले आजै रिहा भएका छन्। घटनामा आरोपित तीन जनाले भने सफाइ पाएका छन्।

नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ जना सुरक्षाकर्मी र एक नाबालकको ज्यान जाने गरी २०७२ साल भदौमा भएको घटनाको मुख्य डिजाइनकर्ता भएको आरोप चौधरीमाथि लागेको थियो। 

घटनामा प्रहरीले ५८ जना शंकास्पद रहेको भन्दै कर्तव्य ज्यान, डाका चोरी तथा ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरेको थियो। 

प्रकाशित: २२ फाल्गुन २०७५ ०८:१० बुधबार

टीकापुर कैलाली रेशम_चौधरी