राजनीति

संसदीय सुनुवाइ समितिमा सत्तापक्षकै सांसद अनुपस्थित

काठमाडौं - संवैधानिक परिषद्बाट संवैधानिक आयोगको अध्यक्षमा सिफारिस भएकामध्ये दुईजना अध्यक्षको सुनुवाइ गर्न बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक सत्तापक्षकै सांसद अनुपस्थित भएका कारण कोरम नपुगेर स्थगित भएको छ।

बैठकमा सत्तारुढ दल नेकपाका चारजना र संघीय समाजवादी फोरमका एकजना सदस्य अनुपस्थित थिए। बैठक बिहान ११ बजे बोलाइएको थियो। १५ सदस्यीय समितिमा कोरम पुग्नका लागिसांसद उपस्थित हुनुपर्दछ तर, बैठकमा ६ जना मात्रै उपस्थित थिए। जसमा समिति अध्यक्ष लक्ष्मलाल कर्ण सहित, नेकपाका सांसदहरू योगेश भट्टराई, पूर्णकुमारी सुवेदी, निरुपाल, अमृता थापा, नन्द चपाई मात्रै उपस्थित भएका हुन्। सत्तारुढ दलका सदस्य सुरेन्द्र पाण्डे, सुमन प्याकुरेल, शिवलाल मण्डल, पार्वत गुरुङ अनुपस्थित भएका हुन्। पहिलो बैठकमा कोरम नपुगेमा बैठक स्थगित गर्नुपर्ने नियमावलीमा व्यवस्था छ। बैठकमा संवैधानिक परिषद्बाट थारु आयोगकालागि सिफारिस भएका विष्णुप्रसाद चौधरी र मधेसी आयोगका अध्यक्षका लागि सिफारिस भएका डा.विजयकुमार दत्तको सुनुवाइ गर्ने तयारी थियो।

सुनुवाइ समितिको बैठक बहिष्कार गर्दै आएका कांग्रेसका सांसदले आइतबार पनि बहिष्कार नै गरेका थिए। समितिमा कांग्रेसका सदस्यहरूमा ज्ञानेन्द्रबहादुर कार्की, जितेन्द्र नारायण देव, भीमसेनदास प्रधान, पुष्पा भुषाल छन्।

प्रकाशित: १३ फाल्गुन २०७५ ०५:४० सोमबार

संवैधानिक_परिषद् संवैधानिक_आयोग संसदीय_सुनुवाइ_समिति अध्यक्ष