राजनीति

नेविसंघमा फरक समूहका विद्यार्थीबीच घम्साघम्सी

काठमाडौं – नेपाल विद्यार्थी संघको तदर्थ समिति गठन गर्दा ३२ वर्ष मुनिको समिति ल्याउन माग गर्दै कृष्णप्रसाद सिटौला पक्षका विद्यार्थी नेताहरूले पार्टी कार्यालय सानेपामा प्रदर्शन गरेका छन्।

विद्यार्थी नेताहरूले पार्टी केन्द्रीय समिति बैठकमा सहभागि हुन आएका नेताहरूलाई घेराउ गर्दै नाराबाजी गरेका हुन्। नाराबाजीका क्रममा पार्टी उपसभापति विमलेन्द्र निधी, सहमहामन्त्री डा. प्रकाशशरण महत र सिटौला समूहका विद्यार्थीबीच घम्साघम्सी भएको थियो।

विद्यार्थी नेताहरूले निधी र महतलाई घेरेपछि घम्साघम्सीको अवस्था आएको हो। विघान कार्यान्वयन गर्न दबाव दिँदा निधी र महतले आफूहरूलाई धम्क्याएको विद्यार्थी नेता पवन थापाले दुखेसो गरे। विद्यार्थी नेताहरूले बैठकमा सहभागि हुन केन्द्रीय कार्यालय आएका नेताहरूलाई घेराउ गर्दै प्रदर्शन गरिरहेका छन्।
 

प्रकाशित: ९ फाल्गुन २०७५ ०८:४७ बिहीबार

नेपाल_विद्यार्थी_संघ तदर्थ_समिति कृष्णप्रसाद_सिटौला पार्टी_कार्यालय प्रदर्शन