राजनीति

नैनसिंह महर सहित नेविसंघका नेताहरु पक्राउ

फाइल तस्बिर

काठमाडौं – नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरलाई काठमाडौंको बानेश्वरबाट पक्राउ गरिएको छ। मंगलबार नेविसंघ अध्यक्ष महर सहित आधा दर्जन नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेका नेविसंघका महामन्त्री कुन्दराज काफ्लेले नागरिक अनलाइनलाई बताए।

शनिबार पोखरामा भएको घटनामा झुटो मुद्दा लगाएर थुनामा राखिएका विद्यार्थी नेताहरूलाई विनाशर्त रिहाई गुर्नपर्ने माग राख्दै निकालिएको र्‍यालीबाट महर सहितका नेताहरूलाई पक्रउ गरिएको हो। पक्राउ पर्नेमा उपाध्यक्ष नविन राई समेत रहेको महामन्त्री काफ्लेले जानकारी दिए। 

शनिबार पोखरामा सरकारी गाडीमा आगजनी गरेको भन्दै केही नेविसंघका नेता कार्यकर्तालाई प्रहरीले हिरासतमा राखेको थियो। यता नेविसंघले भने सरकारको आदेशमा आफ्ना नेताहरुलाई पक्राउ गरेर फसाउन खोजेको दाबी गर्दै आन्दोलनमा उत्रिएको थियो। 

प्रकाशित: २२ माघ २०७५ ०८:११ मंगलबार

नेपाल_विद्यार्थी_संघ नैनसिंह_महर बानेश्वर पक्राउ