राजनीति

नेकपा सचिवालय बैठक बस्दै, दर्जन बढी एजेण्डामा छलफल हुने

फाइल तस्बिर

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान १० बजे बैठक बस्न लागेको हो। पार्टी एकताका विषयमा बाँकी कुरा टुङ्ग्याउनका लागि ठोस सुझाव दिन गठित कार्यदलले प्रतिवेदन तयार पार्ने क्रममा रहेको सन्दर्भमा बैठक बोलाइएको बताइएकाे छ।

त्यस्तै बैठकमा पछिल्लो समय देशमा भएको घटनाका विषयमा समेत छलफल हुने नेकपाको सचिवालयले जनाएको छ। त्यस्तै सरकारको कामकारबाहीलगायत झण्डै दर्जनबढी एजेण्डामा छलफल हुने नेताहरुले बताएका छन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बने पनि एकता नटुंगिदा खासगरी तल्ला तहमा अन्योलता सिर्जना भएको छ ।

प्रकाशित: २१ माघ २०७५ ०२:३४ सोमबार

नेकपा सचिवालय_बैठक पार्टी_एकता