राजनीति

अष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पाद्वारा राजीनामा

काठमाडौ - अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छन्। मानव बेचबिखनको आरोप लगेपछि परराष्ट्र मन्त्रालयको आग्रहमा नेपाल आएकी राजदूत शेर्पाले राजीनामा दिएकी हुन्।

उनका चालकले नै उनी माथि मानव बेचबिखनको आरोप लगाउँदै अष्ट्रेलियन प्रहरीमा उजुरी दिएका थिए। परराष्ट्र मन्त्रालयले उनीमाथि लागेको आरोप छानबिन गर्न मन्त्रालयका सहसचिव मणी भट्टराईको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। समितिले रिपोर्ट मन्त्रालयलाई बुझाएपछि उनी अष्ट्रेलिया गएर आफ्नो सामानसहित फिर्ता भएकी हुन्।

तत्कालीन माओवादी केन्द्रका तर्फबाट राजदुतमा नियुक्त शेर्पा विवादमा तानिएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले उनलाई राजीनामा दिन सुझावएपछि उनी राजीनामा दिएको स्रोतले बताएको छ।

प्रकाशित: १८ माघ २०७५ ०६:४२ शुक्रबार

अष्ट्रेलिया नेपाली_राजदूत लक्की_शेर्पा मानव_बेचबिखन परराष्ट्र_मन्त्रालय राजीनामा