राजनीति

स्वदेशी उत्पादन प्रयोग गरौंः उपप्रम पोखरेल

काठमाडौं– उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वदेशी उत्पादनको प्रयोग र प्रवर्द्धनमा जोड दिएका छन्। भृकुटीमण्डपमा जारी जुत्ता, चप्पल तथा छालाजन्य बस्तुहरुको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीको अवलोकन गर्दै मन्त्री पोखरेलले स्वदेशी उत्पादनलाई माया र प्रबर्द्धन गर्नुपर्ने बताए। 

‘राष्ट्र समृद्धिको आधार स्वदेशी उत्पादनको प्रयोग’ भन्ने मुल नाराका आयोजित मेलामा साना मझौला तथा ठूला उद्योगबाट उत्पादित जुत्ता चप्पल तथा छाला जन्य वस्तुहरु उपलब्ध छन्।

प्रकाशित: १४ पुस २०७५ १६:०४ शनिबार

ईश्वर_पोखरेल राष्ट्रिय_औद्योगिक_प्रदर्शनी स्वदेशी_उत्पादन