राजनीति

प्रधानमन्त्रीलाई सांसदको प्रश्नः सम्वेदना दिनुपर्नेमा बधाई किन? सत्यतथ्य चाहियो

काठमाडौं– नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले राष्ट्रपतिले इण्डोनेसियामा पठाएको विवादित पत्र र भूकम्प पीडितमाथि भएको पक्षपातबारे प्रधानमन्त्रीको जवाफ मागेका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै अर्थमन्त्री युवराज खतिवडालाई पनि संसदमा जवाफ दिनका लागि बोलाउन सभामुख कृष्ण महराको ध्यानाकर्षण समेत गराएका छन्।

यस्ता छन् सांसद सुवालले उठाएका विषयः

- अजेय सुमार्गी भन्ने व्यक्तिको कम्पनीको नाममा स्रोत नखुलेको रकम जम्मा भएको ९० करोडबारे फेरि चर्चा चलेको छ। यसबारे सत्यतथ्य के हो अर्थमन्त्रीबाट सदनमा जानकारी दिलाउने व्यवस्था होस।

- राष्ट्रपतिले इण्डोनेसियामा ज्वालामुखी विस्फोट भएर उठेको सुनामी पीडित जनतालाई पठाउनुभएको कण्डोलेन्स (समवेदना सन्देश) लाई कङ्ग्राचुलेसन (बधाई सन्देश) भएर गएको सार्वजनिक भयो। यसबारे कुटनीतिक क्षेत्रमा असर पर्नेगरी भएको यो गल्तीबारे प्रधानमन्त्रीबाट संसदमा सत्यतथ्य जानकारी गराउने व्यवस्था होस।

- भूकम्प पीडित ८ लाखमध्ये एक चौथाईले पनि घर बनाउन सकिरहेको छैन्, काठमाडौं उपत्यकाका पीडितले अझै घर बनाउन नसकेको अवस्था छ। यसबारे सरकारले क्षेत्रीय र उपत्यका भनेर पक्षपात गरेको कुरा आएको छ। यस्तो पक्षबाट किन हो? यसबारे प्रधानमन्त्रीबाट सदनमा जानकारी गराउने व्यवस्था होस्।

प्रकाशित: १३ पुस २०७५ १२:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App