राजनीति

राष्ट्रपति भण्डारीद्वारा तिहारको शुभकामना

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले तिहारको अन्तिम दिन मनाइने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीबीचको आपसी स्नेह र ममतालाई अझ प्रगाढ बनाउन मद्दत गर्ने बताएकी छन्।

राष्ट्रपति तिहार–२०७५ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरेकी छन्।

राष्ट्रपति भण्डारीले नेपालीबीच आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बनाओस् र समाजमा शान्ति एवं स्थायित्वका साथ देशमा आर्थिक समृद्धिको ढोका खोलेर समुन्नत नेपाल निर्माणको महाअभियानमा अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेकी हुन्।

प्रकाशित: २३ कार्तिक २०७५ ०१:१२ शुक्रबार

राष्ट्रपति_विद्यादेवी_भण्डारी तिहारको_शुभकामना