राजनीति

नेकपाको बैठक स्थगित

काठमाडाैं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ। 

आज बिहान बालुवाटारमा बस्ने भनिएको सचिवालय बैठक स्थगित गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए। 

शीर्ष नेताको व्यस्तताका कारणले गर्दा बैठक सारिएको हो। उनका अनुसार बैठक आगामी शनिबार २७ गते बिहानका लागि बोलाइएको छ। सचिवालय बैठक तल्लो तहमा पार्टी एकता र समसामयिक विषयवस्तुबारे छलफल गर्नका लागि बोलाइएको थियो। 

प्रकाशित: २४ आश्विन २०७५ ०४:५७ बुधबार

नेकपा सचिवालय_बैठक बालुवाटार