राजनीति

निरु पालमाथि आक्रमण प्रकरणः छानविन समितिका संयोजकको सरुवा

काठमाडौं– सांसद निरुदेवी पालमाथि आक्रमण गरेको विषयमा अनुसन्धान गर्न गठित छानविन समितिका संयोजक सरुवा भएका छन्। 

महानगरीय प्रहरी परिसर काठमाडौका प्रहरी उपरीक्षक (एसपी) रामदत्त जोशीको आइतबार साँझ महानिरीक्षकको सचिवालयमा काज सरुवा भएको हो। उनको स्थानमा अशोक सिंहलाई ल्याएको छ।

संसदीय सुनुवार्इ विशेष समितिकी सदस्य समेत रहेकी पाललार्इ बानेश्वरमा पेस्ताेल देखाएर अज्ञात समूहले धम्क्याएकाे थियाे।

प्रकाशित: ७ आश्विन २०७५ १३:५४ आइतबार

निरुदेवी_पाल छानविन_समिति एसपी_रामदत्त_जोशी