राजनीति

फास्ट ट्रयाकको निरीक्षणमा रक्षामन्त्री पोखरेल

काठमाडौं– राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) सडक आयोजनाको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले निरीक्षण भ्रमण गरेका छन्।

भ्रमणका क्रममा पोखरेलले काठमाडौंदेखि निजगढसम्मको द्रुतमार्ग र प्रस्तावित सुरुङ मार्गहरुको हवाई र बेशक्याम्प लेनडाँडा ईलाकाको स्थलगत निरीक्षण गरेका थिए। 

उनलाई सडक निर्माण कार्यदलका आयोजना प्रमुख प्राविधिक उपरथी योगेन्द्र बहादुर खाँणले स्वागत मन्तब्यसहित आयोजनको काम कारवाहीबारे जानकारी गराएका थिए। मन्त्री पोखरेलले उक्त आयोजनाको कार्य प्रगति विवरण प्रस्तुतिकरण मार्फत जानकारी हासिल गरेका थिए।

रक्षामन्त्रीको निरीक्ष भ्रमणमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रधानसेनापति पूर्णचन्द्र थापा, रक्षा सचिव विष्णु प्रसाद लम्साल, भौतिक पूर्वाधार तथा यातायात सचिव मधुसुदन अधिकारी, रथीबृन्द, रक्षा मन्त्रालयका सह सचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह सचिवहरु, सम्बन्धित क्षेत्रका विज्ञहरु र नेपाली सेनाका अधिकृतहरुको समेत सहभागिता रहेको थियो। निरीक्षण भ्रमण सम्पन्न गरी उनीहरु मंगलबारै काठमाडौं फर्केको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। 

प्रकाशित: २ आश्विन २०७५ १३:२१ मंगलबार

फास्ट_ट्रयाक ईश्वर_पोखरेल निरीक्षण