राजनीति

उपमेयरमाथि दुर्व्यवहार

महागढीमाई नगरपालिका बरियारपुरकी उपप्रमुख तारा देवी कानु

बारा - महागढीमाई नगरपालिका बरियारपुरकी उपप्रमुख तारा देवी कानु माथि विहीवार बोतल प्रहार गरी दुर्व्यवहार गरिएको छ। गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक विद्यालयका आन्दोलनरत विद्यार्थीहरुलाई वार्तामा बस्नकाे लागि आग्रह गरि रहेका बेला उप प्रमुख कानु माथि एक गैह्र बिधार्थीले बोतल प्रहार गर्दै हातपातको प्रयास गरेको बताइएको छ। महागढीमाई नगरपालिकाले गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक विद्यालयका शिक्षक मनोज साह गोंढलाई अर्को बिद्यालयमा सरुवा गरेको भन्दै मंगलबार देखि केही बिद्यार्थीहरु सरुवाको बिरोध गर्दै आएका थिए।

'असन्तुष्ट बिधार्थीको माग सम्बोधन गर्न वार्ता समितिका सदस्यहरु छलफल गर्नका लागि बैठक बसिरहँदा छलफलमा विद्यार्थीहरु नआएपछि उनीहरुलाई बोलाउना जाँदा म माथि बोतल प्रहार गरि हातपातको प्रयास भएकाे हाे।' उपप्रमुख कानुले भनिन्।

बिद्यालयमा नपढ्ने श्यामबाबु साहले बाेतल अाफ्नाे टाउकाेमा प्रहार गरेकाे बताउँदै उपप्रमुख कानुले अाफु भाग्यले बचेकाे बताइन्। बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईले घटना बारे बुझने कार्य भैरहेकाे बताए। नगरपालिकाको अधिकार क्षेत्रमा रहेको शिक्षक सरुवा गरेका बिषयमा अनावश्यक विवाद गरेर वरियारपुरमा नै तनाव उत्पन्न गराइएको अवस्था रहेको प्रजिअ भट्टराईले बताए।

मंगलबार शिक्षक सरुवाको बिषयलाई लिएर असन्तुष्ट रहेका विद्यालयका केही बिद्यार्थीहरुले बिद्यालयको बेच्न, डेस्कमा आगजनी गर्दै तोडफोड समेत गरेका थिए। 

 

प्रकाशित: २८ भाद्र २०७५ १२:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App