राजनीति

कहिले स्वागत, कहिले हिरासत

बुधबार भोजपुरमा प्रक्राउ परेका नेकपा (विप्लव समूह) का नेता खड्गबहादुर विश्वकर्मालाई प्रहरी कार्यालय लगिँदै। तस्बिर : नागरिक

भोजपुर - पछिल्लो समय पर्यटनमन्त्री हुँदा सुरक्षागार्ड सहितभोजपुरको टक्सार विमानस्थल पाइला टेकेका नेकपा चन्दका नेताखड्गबहादुर विश्वकर्मा(प्रकाण्ड) चौथोपटक भोजपुरमा पाइला टेक्दा भने माहोल फरक थियो। त्यतिबेला विमानस्थलमा स्वागत गर्ने कार्यकर्ता हातमा फूलमाला लिएर उभिएका थिए। तर अहिले न कार्यकर्ता थिए नत कुनै औपचारिक कार्यक्रम। उनले सायदै सोचेका पनि थिएनन् अर्काेपटक भोजपुर आउँदा प्रक्राउ परेर आउनुपर्छ र प्रहरीको हिरासतमा बस्नुपर्छ भनेर तर यथार्थ त्यही भइदियो। काठमाडाैंबाट जहाज र गाडि गरी १२ घन्टा लामो यात्रामा उनी भोजपुर सदरमुकामको प्रहरी हिरासतमा मंगलबार आइपुगेका थिए। त्यसबेला तत्कालीन पार्टी कार्यकर्ता त उपस्थित थिए तर उनीहरूलाई पहिलाको जस्तो चासो भने थिएन।

सुरक्षाकर्मीका साथमा रहेका उनी प्रक्राउ परेका मात्र थिएनन्, उनीविरुद्ध ३ वटा मुद्दासमेत जिल्ला अदालतमा रहेका थिए । उनको बयान, बहस र फैसला भएपछि अदालतले छाड्ने आदेश दियो । तर आगजानीको मुद्दामा प्रक्राउ गरी दाङ पठाउन प्रहरीले उनलाई पुनः प्रक्राउ ग-यो। जिल्ला अदालतबाट बाहिर निस्कदै गर्दा विश्वकर्मालाई पुनः दाङ जानुपर्ने प्रहरीले बताएका थिए। प्रहरीले प्रक्राउ गरे पनि हत्कडी भने लगाएको थिएन।

धरौटिमा छाड्न आदेश
पछिल्लो समय काठमडाैं,काभ्रे, नुवाकोट हुँदै भोजपुर आइपुगेका विश्वकर्माले ८ वटा मुद्दा खेपिसकेका छन् । जिल्ला अदालत भोजपुरले ६० हजार धरौटीमा छाड्न आदेश दिएकोमा पुनः प्रक्राउ गरिएको हो। धरौटी बुझाएपश्चात अदालत परिसरबाटै उनी पक्राउ परेका थिए । जिल्ला अदालत भोजपुरले ३ वटा मुद्दामा ६० हजार धरौटी लिएको हो। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईमाथि भएको आक्रमणको घटनामा उनले आदेश दिएको भन्दै ज्यान मार्ने उद्योग तथा विस्फोटक पदार्थसम्बन्धी मुद्दामा २५ हजार रुपैयाँ धरौटीमा उनलाई छाडिएको हो। षडानन्द नगरपालिका भिरथाप्लोमा भएको सो घटनामा ज्यान मार्ने उद्योग बिस्फोटक पदार्थसम्बन्धी मुद्दामा २५ हजार र शाल्पासिलोछो गाउँपालिकाको कुलुङमा भएको बिस्फोटक पदार्थसम्बन्धी मुद्दामा १० हजार धरौटी मागिएको सूचना अधिकारी मणिराम पोखरेलले बताए।

जिल्ला न्यायाधीश हरिश्चन्द्र इंनामको इजलासमा थुनछेक बहस भएको थियो। सरकारका तर्फबाट सरकारी वकिल प्रमोद भट्टराईले वकालात गरेका थिए। प्रतिवादीको पक्षबाट वकिल जिताहाङ मुकारुङ, रामकुमार राई र भिषण श्रेष्ठले वकालात गरेका थिए।

कुनै बेलाको मित्र शत्रुमा रूपान्तरण
अदालत परिसरमा पत्रकारसँग बोल्दै सरकार फेल भइसकको बताए। गृहमन्त्री रामबहादुर थापातर्फ लक्षित गर्दै विश्वकर्माले कुनैबेलाका मित्र शत्रुमा रूपान्तरण भएको बताए। उनलाई भोजपुर ल्याउनुअघि तीनवटाजिल्लामा पेश गरिएको थियो । पत्रकारसँग कुरा गर्दै शेरधन राईमाथिआक्रमण आफूले नगरेको र आदेश पनि नदिएको बताए। राजनीतिक आग्रह र पूर्वाग्रहको डरलाग्दो खेल भएको विश्वकर्माले बताए। ‘हामीलाई झुटा मुद्दा लगाइएको छ। मलाई चारवटा जिल्लामा ८ वटा मुद्दा लगाइएको छ।’ सर्वाेच अदालतले दिएको आदेश पनि नमानेको सरकारले प्रतिक्रान्तिको सुरुआत गरेको उनले बताए।

प्रकाशित: २१ भाद्र २०७५ ०१:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App