राजनीति

संसदीय समितिका सभापतिको निर्वाचन अनिश्चितकालका लागि स्थगित

काठमाडौ–प्रतिनिधिसभा अन्तरगतका विभिन्न १० विषयगत समितिको सभापतिका लागि हुने भनिएको निर्वाचन प्रकृया अनिश्चितकालका लागि स्थगित गरिएको छ।

प्रतिनिधि सभाको सचिवालयले एक सूचना जारी गर्दै १६ गते प्रस्ताव पेश गर्ने र १७ गते निवार्चन गर्ने पूर्वनिर्धारित कायक्रम अर्को सूचना नभएसम्मका लागि स्थगीत गरिएको जनाएको हो। 

प्रतिनिधि सभाको सचिब गोपालनाथ योगीले जारी गरेको सूचनमा सभामूख कृणबहादुर महराले निर्वाचन प्रकृया स्थगित गर्न निर्देशन दिएको जनाइएको छ। 
सचिवालयले बुधवार एक सूचना जारी गरी भोलि विहान ११ बजेदेखि साँझ ५ बजेसम्म प्रस्ताव दर्ता गर्ने र आइतबार समितिको बैठकमा प्रस्तावकले प्रस्ताव पेश गर्ने, समर्थकले प्रस्तावको समर्थन गरी निर्णयार्थ प्रस्तु्त गरी सभापति चयन गर्ने कार्यसूची निर्धारण गरेको थियो।
 

 

प्रकाशित: १५ भाद्र २०७५ ०५:४१ शुक्रबार

सभापति_निर्वाचन प्रतिनिधिसभा