भद्रपुर – प्रधानमन्त्री केपी शर्मा ओली बुधबार गृहजिल्ला झापा पुगेका छन्। प्रधानमन्त्री बनेपछि ओली दोस्रोपटक झापा गएका हुन्।
उनको आज कमल गाउँपालिका र गौरादहमा नागरिक अभिनन्दन गरिने कार्यक्रम रहेको गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार साहले बताए। प्रधानमन्त्री ओलीले कमल गाउँपालिका–७ मा ५० शैयाको आयुर्वेद चिकित्सालय भवनको शिलान्यास गर्नेछन्।
उनले आजै गौरादहमा क्षेत्र नं ५ को क्षेत्रीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने तथा अगुवा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। ओली आज अपराह्न काठमाडौं फर्कने कार्यक्रम छ । (रासस)
प्रकाशित: ६ भाद्र २०७५ ०४:४५ बुधबार