राजनीति

पाकिस्तानी प्रधानमन्त्रीलाई ओलीको बधाई, सम्बन्ध मजबुद हुने विश्वास

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री इमरान खानलाई बधाई दिएका छन्। 

पूर्वक्रिकेटर समेत रहेका खानले शनिबार विहान पाकिस्तानको २२ औं प्रधानमन्त्रीको रुपमा सपथ लिएका थिए। सपथ लिएलगत्तै ओलीले बधाई सन्देश पठाउँदै खानलाई बधाई दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।  

बधाई सन्देशमा नेपाल पाकिस्तानबीच मैत्रीपूर्ण सम्बन्ध रहेको स्मरण गर्दै ओलीले पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री खानको कार्यकाल सफल रहोस भनी कामना समेत गरेका छन्। 

साथै खानको कार्यकालमा नेपाल पाकिस्तानबीचको द्विपक्षीय सम्बन्ध मजबुद हुने तथा उचाईंमा पुग्ने विश्वास प्रधानमन्त्री ओलीले गरेका छन्। 

प्रकाशित: २ भाद्र २०७५ ०९:२३ शनिबार

पाकिस्तान इमरान खान प्रधानमन्त्री केपी अाेली