राजनीति

प्रदेश २ मा प्रदेशसभा वैठकलाई प्रधानमन्त्री ओलीको सम्बोधन

जनकपुरधाम – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नंं. २ को प्रदेशसभा वैठकलाई आज सम्बोधन गर्दै छन्।

आज ११ बजे प्रधानमन्त्री ओलीले प्रदेश नंं. २ को सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीको सम्बोधनका लागि प्रदेश संसद् सचिवालयले सम्पूर्ण तयारी पूरा गरेको प्रदेश २ का सभामुख सरोजकुमार यादवले बताए।

प्रधानमन्त्रीको सम्बोधन भएकाले संसद् सचिवायले अनिवार्य उपस्थितिका लागि सम्पूर्ण सांसदहरुलाई सूचना जारी गरेको छ।

प्रधानमन्त्रीको सम्बोधनलाई मध्यनजर गर्दै प्रदेश नं. २ ले जनकपुरधामको सुरक्षा व्यवस्था कडा बनाइएको जनाएको छ।

यस्तै धनुषाको बरमझीयामा आयोजना हुने शहिद रामबृक्ष स्मृति सभामा सहभागी हुन पुष्पकमल दाहाल पनि धनुषा पुगेका छन्।

प्रधानमन्त्री अाेलीकाे प्रदेश सभा ठैठकलार्इ संबोधनपछि दुवै जनाले बरमझीयामा हुने शहिद रामबृक्ष यादवको २४ औ स्मृति सभा समाराेहलार्इ सम्बोधन गर्ने कार्यक्रम पनि रहेकाे छ।

प्रकाशित: २ भाद्र २०७५ ०३:२६ शनिबार

जनकपुरधाम प्रधानमन्त्री केपी_शर्मा_ओली सम्बोधन प्रदेशसभा_वैठक