राजनीति

राजपाका नेता बालुवाटारमा, प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। 

समसामयिक विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउन र आफ्ना मागहरु सम्बोधनका लागि दबाब दिन संयोजक महन्थ ठाकुरको नेतृत्वमा अध्यक्ष मण्डलका सदस्यहरु बालुवाटार गएको महासचिव केशव झाले जानकारी दिए।  

उनका अनुसार प्रधानमन्त्रीसँग संविधान संशोधन, रेशम चौधरीको रिहाई तथा सांसदको प्रमाण दिलाउने र प्रदेश नम्बर २ मा मन्त्रीलाई हटाउनेगरी भइरहेको गतिविधि लगायतका विषयमा ध्यानाकर्षण गराउन नेताहरु साँझ साढे ६ बजे बालुवाटार गएका हुन्। अहिले प्रधानमन्त्रीसँग राजपाका नेताहरुको छलफल भइरहेको छ। 

प्रकाशित: २७ श्रावण २०७५ १३:२२ आइतबार

#राजपा #बालुवाटार #प्रधानमन्त्री