राजनीति

नेपाल पोर्चुगल परामर्श संयन्त्र स्थापना

काठमाडाैं- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र पोर्चुगलका विदेशमन्त्री अबस्टो सान्टोस सिल्भाबीच बुधबार पोर्चुगलको राजधानी लिस्बनमा भएको भेटवार्तामा नेपाल-पोर्चुगल परामर्श संयन्त्र स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। 

पोर्चुगलका लागि नेपाली राजदूत अम्बिकादेवी लुइँटेल र पोर्चुगलको विदेश मन्त्रालयका बाह्य नीति विभागका महानिर्देशक पेड्रो कोष्टा पेरेरियाले सो समझदारीपत्रमा हस्ताक्षर गरेकाे परराष्ट्र मन्त्रालयले जनाएको छ। 

त्यसअघि दुई देशका परराष्ट्रमन्त्रीबीच भएको भेटवार्तामा दुईपक्षीय सम्बन्धका सबै विषयमा विचारविमर्श भएको थियो। व्यापार, लगानी र प्रविधि हस्तान्तरण, पोर्चुगलमा रहेका नेपाली तथा उनीहरुको भाषा संस्कृतिको संरक्षणमा हुनसक्ने सहयोगबारे पनि छलफल भएको थियो। 

प्रकाशित: ९ श्रावण २०७५ १६:०८ बुधबार

नेपाल पोर्चुगल परामर्श संयन्त्र स्थापना