राजनीति

डा. केसीको समर्थनमा संसद् अवरुद्ध

प्रदेश ७ को संसद्मा उभिएर विरोध गर्दै कांग्रेस सांसद। नागरिक

धनगढी - प्रमु प्रतिपक्षी नेपाली कांग्रेसले डा. गोविन्द केसीप्रति अमानविय व्यवहार भएको भन्दै शुक्रबार प्रदेश ७ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ। बैठक सुरु हुनेबित्तिकै कांग्रेसका सांसदले आआफ्नो स्थानमा उठेर विरोध जनाएका थिए। सभामुख अर्जुन थापाले पटकपटक बस्न आग्रह गर्दा पनि कांग्रेस सांसदले नमानेपछि ७ गतेसम्मका लागि बैठक स्थगित गरेको घोषणा गरेका थिए।

कांग्रेस सांसद् भरतबहादुर खड्काले डा. केसीलाई अपहरणको शैलीमा काठमाडौं लगेर सरकारले अमानवीय व्यवहार गरेकाले संसद्मा उभिएर त्यसको विरोध गरेको बताए। ‘डा. केसीका माग पूरा गर्नुको सट्टा आतंककारी शैलीमा उनलाई काठमाडौं लैजाने, बल प्रयोग गर्ने सरकारको व्यवहार निन्दनीय छ’, उनले भने, ‘दुईतिहाइ बहुमतको दम्भमा सरकाले विधिको शासनको उपहास गरिरहेको छ।’ सरकारले सबै ठाउँमा हस्तक्षेप गरिरहेको उनको भनाइ छ। ‘सरकारले राज्यका हरेका निकायमा हस्तक्षेप गरेर अधिनायकवादी शैली प्रस्तुत गरिरहेको छ’, उनले भने। डा. केसीले उठाएका जायज माग पूरा गरेर उनको जीवन रक्षा गर्न खड्काले सरकारसँग आग्रह गरे।

प्रदेश ७ नेपाली कांग्रेस संसदीय दलको कार्यालयले शुक्रबार विज्ञप्ति जारी गरी विभिन्न पाँच बुँदामा विरोध जनाएको छ। डा. केसीप्रति राज्यले गरेको दुव्र्यवहार, बढ्दो महँगी, भ्रष्टाचार, अशान्ति र सरकारको कार्यशैलीको विज्ञप्तिमा भत्र्सना गरिएको छ।

प्रकाशित: ५ श्रावण २०७५ ०२:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App