राजनीति

बजेट विधिसम्मत नभएको भन्दै विपक्षीद्वारा संसदमा अवरोध

धनगढी– प्रदेशसभाको सोमबारको बैठकमा विपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसदहरुले बजेट विधिसम्मत र जनताको पक्षमा बजेट नरहेको भन्दै उभिएर बिरोध गरेका छन्। बिपक्षी सांसदको विरोधका कारण सोमबारको बैठक बजेट माथि छलफल नगरि सभामुख अर्जुन थापाले स्थगित गरेका छन्।

प्रदेशसभाको बैठक शुरु भएदेखि सांसदहरुले बिरोध गरेका कारण सभामुखले बैठक स्थगित गरेको यो पहिलो पटक हो। २१ औं बैठक बसेको पहिलो अधिवेशनमा कसैको पनि कुनै दिन बिरोध भएन। दोस्रो अधिवेशनको सोमबारको १८ औं बैठकमा पहिलोपटक विपक्षी दलका सासंदले बिरोध गरेको संसद सचिवालयका सचिव बालाराम शर्माले बताए। 

अवरोधपछि सभामुखले प्रतिपक्ष दलका नेतालाई बोल्न समय दिए। कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले प्रदेश सरकारले बहुमतको दम्भको कारण बजेट बिधि र प्रक्रिया तथा जनताको हित विपरित ल्याएकोले विरोधमा उत्रिएको बताए। उनले बजेट सच्याएर ल्याउन माग गरे। 

प्रकाशित: ११ असार २०७५ १४:०१ सोमबार

बजेट विधिसम्मत नभएको भन्दै विपक्षीद्वारा संसदमा अवरोध